You are viewing the translated version of क्षतिपूर्ति उपलब्ध नगराइने.
Section 34
क्षतिपूर्ति उपलब्ध नगराइने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनिदेहायको पीडितलाई यस ऐन बमोजिम क्षतिपूर्ति उपलब्ध गराईने छैनः-
(क) जुन कसूरको सम्बन्धमा क्षतिपूर्ति पाउने हो सो कसूर गर्ने, सोको उद्योगगर्ने,सो कसूर गर्न दुरुत्साहन दिने वा षडयन्त्र गर्ने वा कसूर गर्न सहयोगगर्ने वा सो कसूरमा संलग्न मतियार,
(ख) क्षतिपूर्ति दाबी गर्ने व्यक्ति अन्य कुनै कसूरमा संलग्न भएको बखत वासोही कारणले निज विरुद्ध कसूर भएकोमा प्रथमस्तरको पीडितकोहैसियतमा यस ऐन बमोजिमको क्षतिपूर्ति पाउँ भनी माग गर्ने,
(ग) कसैको विरुद्ध कसूर गर्न गएका बखत वा सोही कारणबाट मृत्यु भएकोव्यक्तिको पारिवारिक पीडित,
(घ) प्रचलित कानून बमोजिम सवारी दुर्घटनाको कारणबाट भएको क्षतिकोसम्बन्धमा तेस्रो पक्षको बिमा व्यवस्था अन्तर्गत क्षतिपूर्ति पाउने व्यक्ति,
तर मार्ने वा क्षति पुच्याउने उद्देश्यले सवारी साधन प्रयोग गरीमारेमा वा क्षति पुच्याएमा यस ऐन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउनबाधा पर्ने छैन ।
(ङ) प्रथमस्तरको पीडित अन्य कुनै कसूरमा संलग्न भएको जानकारी भएकोमावा त्यस्तो जानकारी पाउनुपर्ने मनासिब कारण भएको द्वितीयस्तरकोपीडित वा पारिवारिक पीडित व्यक्ति,
तर जुन कसूरमा क्षतिपूर्ति पाउने हो सो कसूर हुँदा साक्षी रहेकोव्यक्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।
(च) कसूरको कारणबाट पीडितलाई गर्नु पर्ने उपचार सरकारको तर्फबाटनिःशुल्क गरिएको वा सरकारले खर्च व्यहोरेको र पीडितलाई निको हुनेसम्भावना भएमा त्यस्तो व्यक्ति,
तर चिकित्सकीय परामर्श वा औषधोपचार रकम बाहेक अन्यक्षतिको हकमा क्षतिपूर्ति दिन बाधा पर्ने छैन ।
(छ) प्रचलित कानून बमोजिम कैद सजाय पाई थुनामा रहेको अवधिमा निजविरुद्ध कसूर भएको कारणबाट मानसिक क्षति व्यहोरेको पीडित कैदी,तर प्रचलित कानून बमोजिम लागेको जरिवाना तिर्न नसकेकोकारणबाट मात्र कैदमा बस्नु परेकोमा मानसिक क्षति बापत समेतक्षतिपूर्ति दिन बाधा पर्ने छैन ।
(ज) प्रचलित कानून अन्तर्गत राज्य विरुद्धको कसूरमा कसूरदार ठहरिएकोव्यक्ति,
(झ) प्रचलित कानून अन्तर्गतको संगठित अपराधमा कसूरदार ठहरिएको व्यक्ति,
(ज) नाबालिग वा मानसिक सन्तुलन नभएको पीडित बाहेक पीडितले आफूविरुद्ध कसूर गर्न उक्साएको वा पीडितको आचरणको कारण निज विरुद्धभएको कसूरबाट पीडित व्यक्ति,
(ट) कसूरका सम्बन्धमा अनुसन्धान वा अदालती कारबाहीका सम्बन्धमाजाहेरी वा उजुरी नदिने, झुट्टा जाहेरी वा उजुरी दिने, अनुसन्धान वाअभियोजन गर्ने अधिकारीलाई सहयोग नगर्ने वा कसूरमा संलग्नव्यक्तिलाई बचाउने उद्देश्यले बयान, बकपत्र गर्ने वा प्रमाण पेश गर्ने वासो उद्देश्यले अनुसन्धान अधिकारी समक्ष भएको बयान भन्दा अदालतमाप्रतिकूल बयान वा बकपत्र गर्ने व्यक्ति,
(ठ) जुन कसूरको सम्बन्धमा क्षतिपूर्ति पाउने हो सो कसूरको सम्बन्धमा नेपालसरकारको -अन्य कुनै स्रोतबाट आर्थिक सहायता बा क्षतिपूर्ति पाएको वापाउने देखिएको व्यक्ति,
(ड) न्यायको दृष्टिले क्षतिपूर्ति प्रदान गर्न अनुचित देखिएको व्यक्ति,
(ढ) क्षतिपूर्ति लिन नचाहेको व्यहोराको निवेदन दिने व्यक्ति,
(ण) . पीडितले अदालतको आदेश बमोजिमको जरिवाना, विगो वा अन्य कुनैरकम वा नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने राजश्व वा अन्य रकम तिर्नबुझाउन बाँकी रहेको व्यक्ति,
(त) झुट्टा उजुरी दिएको ठहर भएमा,
(थ) कसूर हुँदाका बखत पीडित र पीडक दुबै सगोलका परिवारका सदस्यरहेको कारण क्षतिपूर्तिको लाभ पीडकले प्राप्त गर्न सक्ने देखिएमा त्यस्तोपीडित,
तर देहायको अवस्थामा यो खण्ड बमोजिम पीडितलाई क्षतिपूर्तिदिन बाधा पर्ने छैनः-
(१) पीडकको उमेर वा मानसिक अस्वस्थताका कारण निजले प्रचलितकानून बमोजिम आपराधिक दायित्व बहन गर्न नपर्ने भएमा,
(२) त्यस्तो कसूरमा पीडितले कसूरदारबाट क्षतिपूर्ति पाउने कानूनीव्यवस्था नभएको वा भएपनि पीडक वा सगोलका परिवारकानाममा सम्पत्ति नरही वा अन्य कुनै मनासिब कारणले पीडितलेपीडकबाट क्षतिपूर्ति पाउने अवस्था नदेखिएकोमा कसूरभइसकेपछि पीडित व्यक्ति पीडक व्यक्ति रहेको सगोलकोपरिवारबाट मानो छुट्टिई भिन्न बसेको प्रमाणित भएमा, वा
(३) जबरजस्ती करणीबाट पीडित महिला वाः निजबाट जन्मेकोसन्तान ।